Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति बढ्दो जनआकर्षण, घर–घरमा चुनावी चर्चा तीव्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव प्रति स्थानीयस्तरमा जनआकर्षण बढ्दै गएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समाजसेवी तथा लोकप्रिय नेताका रूपमा चिनिएका यादवको चर्चा घर–घरमा चुलिएको स्थानीय रम्भा देवीले बताएइन् ।

निमुखा, दलित तथा पछाडि पारिएका समुदायका हक–अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको जसपा र त्यसको उम्मेदवारका रूपमा रामनरेश यादवप्रति स्थानीयको रुचि बढेको देखिएको छ। विशेषगरी सामाजिक न्याय, समान अधिकार र समावेशी विकासका एजेन्डाले मतदातालाई आकर्षित गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

बिहीबार उम्मेदवार यादव पर्सा–१ अन्तर्गतका विभिन्न वडामा जनसम्पर्क अभियानका क्रममा पुग्दा स्थानीयले उनलाई राजनीतिक रूपमा प्रतिबद्ध र सामाजिक सेवामा सक्रिय नेताका रूपमा स्वागत गरेका थिए। स्थानीयवासीले यादवलाई “जनताको दुःख–सुख बुझ्ने, सहज पहुँच भएका र व्यवहारिक नेता” भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

घरदैलो तथा भेटघाटका क्रममा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, दलित तथा विपन्न समुदायको सशक्तीकरणलाई आफ्नो प्राथमिकता रहने स्पष्ट पारेका छन्। उनले निर्वाचन जितेपछि जनतासँग प्रत्यक्ष संवादमै आधारित भएर विकासका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद