Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रास्वपा पर्सा १ का उम्मेदवार हरि पन्तको लालपर्सामा कोणसभा तथा घुसुकपुरमा घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र पारेका छन् । यसै क्रममा उनले वीरगन्ज महानगरपालिकाको लालपर्सामा कोणसभा र घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३०, लालपर्सामा दीपेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पन्तले देशमा ठोस परिवर्तन ल्याउनका लागि यसपटक मतदाताले आफ्नो मत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले पुरानो राजनीतिक शैलीबाट देशको विकास सम्भव नभएको भन्दै नयाँ भिजनका साथ रास्वपा चुनावी मैदानमा उत्रिएको बताए ।

रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुर लगायतले आफ्नो धारणा राखेका थिए ।

वक्ताहरूले यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको र क्षेत्रको विकासका लागि पन्तको विकल्प नभएको दाबी गरे ।

त्यसैगरी, वीरगन्ज महानगरपालिका वडा नम्बर २, घुसुकपुरमा पनि उम्मेदवार पन्तले घरदैलो गरी स्थानीयसँग मत मागेका छन् ।

रास्वपा नेताहरू महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा भएको सो घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले पन्तलाई भव्य स्वागत गरेका थिए। भेटघाटका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पुऱ्याउन पूर्ण सहयोग गर्ने आश्वासन समेत दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद