Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जको अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : देशैभर कांग्रेसको लहर छ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा बुधबार नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

कांग्रेस नेताकार्यकर्ता र समर्थकसंगै बुधबार बिहान अलौंमा पुगेर कांग्रेस उम्मेदवार चौरसियाले घरदैलो गर्दै त्यहाँका मतदातासंग संवाद पनि गरेका छन् । त्यसक्रममा चौरसियाले जनताका गुनासा र समस्या सुनेपछि उनिहरुको चाहना अनुसार आँफुले फेरिपनि काम गर्ने वाचापनि गरे ।

पूर्व मन्त्रीसमेत रहेका चौरसियाले लोकतन्त्रको रक्षासंगै देश विकासका लागि काम गर्ने दल कांग्रेसमात्रै रहेकोले नयाँ र पुरानाको चक्करमा नपरेर कांग्रेसलाई मतदान गरेर जिताउन मतदाताहरुसंग आग्रह पनि गरे ।

आँफुलाई अहिले नयाँ भनाउँदाहरुको देश निर्माण र विकासमा कुनै योगदान नभएको भन्दै उनले उनिहरु विचार र सिद्धान्तविहिन भएको टिप्पणी गरे । अहिले युवा नेतृत्वले हाँकेको कांग्रेस नै नयाँ पार्टी भएको भन्दै चौरसियाले भने,‘ कांग्रेस अहिले नेतृत्वले मात्र नभई विचारले पनि नयाँ बनेको छ । रुपान्तरित कांग्रेसप्रति देशभर जनताको लहरपनि बढेको छ ।

अहिलेको राजनीतिक संकटबाट निकास दिदैं कांग्रेसको नेतृत्वमा मात्रै समावेशी विकास, जनअधिकारको रक्षा र स्थायित्व सम्भव हुने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद