Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १२,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले मंगलबार वीरगन्ज महानगर र पर्सागढी नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी घरदैलो गरेका छन् ।

कांग्रेसका नेताकर्यकर्ता र समर्थकहरुका साथ चौरसियाले वीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ को जसौली र उदयपुरघुर्मी तथा पर्सागढी नगरपालिकाको वडा नम्बर ५ पचरुखी र वडा नम्बर ८ हरपुरमा घरदैलो गर्दै मतदातासंग संवादपनि गरेका हुन् ।

त्यसक्रममा कांग्रेस उम्मेदवार चौरसियाले कांग्रेस देश र नेताहरुको घर जलाउने पार्टी नभएको बताए । उनले भने,‘ जेनजी आन्दोलनमा घुसपैठ गरेर देश जलाउने को थिए ?

सर्वोच्च अदालत, सिंहदरबार, पार्टी कार्यालयहरु, नेताका घरहरु जलाउने को थिए ? ती जेनजीहरु पक्कै थिएन् । उनिहरु घु्सपैठीया थिए । देश जलाउनेहरुलाई जनताले चिनिसकेका छन् । यसको इन्साफ जनताले यहि चुनावमा गर्नेवाला छन् ।’

कांग्रेस उम्मेदवार चौरसियाले देश जलाउने र जलाएकोमा खुशीयाली मनाउनेहरुले अहिले देशलाई समृद्ध बनाउने भाषण गर्दै हिड्नु हास्यास्पद भएको टिप्पणी गरे ।

उनले कांग्रेसकै पालामा मुलुकले विकासमा फड्को मारेको भन्दै पर्सा जिल्लामा बनेका ठूला ठूला पुल, पक्की सडक , विद्यालय,अस्पतालहरु पनि कांग्रेसकै सरकारका पालामा बनेको मतदाताहरुलाई बताए । त्यसका कारण फागुन २१ को निर्वाचनमा कांग्रेसलाई मत दिएर जिताउन उनले आग्रह गरे ।

चुनावी घरदैलो कार्यक्रममा वीरगन्ज–१७ का वडाध्यक्ष हृदयनारायण कुर्मी, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव,कामेश्वर मिश्रा लगायतकाकोपनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १२,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद