Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १२,मंगलवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली गाउँ तथा वडा नम्बर ०८ को मुरली बगैंचा र पानीटंकी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई फूलमाला तथा खादा लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए। भेटघाटका अवसरमा स्थानीय तथा युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा आश्वासन मात्र दिएको तर व्यवहारमा कुनै ठोस उपलब्धि हासिल नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए।

स्थानीयहरूले चुनाव नजिकिँदा युवाहरूलाई प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितिसकेपछि सम्पर्कविहीन हुने प्रवृत्तिका नेताहरूलाई यस पटक बहिष्कार गर्ने र सक्षम तथा परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काम गर्ने नेतृत्वका रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए।

उम्मेदवार सिंहले स्थानीयवासीका समस्या आफू निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने वाचा गर्नुभयो। उहाँले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिँदै आफू निर्वाचित भएपछि स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रको विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने बताउनुभयो।

कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन १२,मंगलवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद