सुखचैना — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सुखचैनामा एक ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ।
आज सुखचैनामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पेशा र पृष्ठभूमिका व्यक्तिहरू रास्वपामा आबद्ध भएका हुन्। पार्टी प्रवेश गर्नेहरूमा युवा, सामाजिक अभियन्ता तथा पेशागत क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका सभापति तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरि पन्त ले सुखचैनाबाट भएको यो पार्टी प्रवेशले क्षेत्र नम्बर–१ मा रास्वपाको संगठन अझ मजबुत बनेको बताए। उनले जनताको बढ्दो समर्थनका कारण आगामी निर्वाचनमा रास्वपाको जित सुनिश्चित हुने दाबीसमेत गरे।
“पुराना दलको असफलताबाट आजित जनता वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन्,” पन्तले भने, “सुखचैनामा भएको यो उत्साहजनक पार्टी प्रवेश परिवर्तनको संकेत हो।”
कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने सहभागीहरूले रास्वपाको नीति, विचार र सुशासनको एजेन्डाप्रति विश्वास व्यक्त गरेका थिए।



