Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज–११ मा नेकपाका उम्मेदवार सीए अजय चौरसियाको घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — नेकपा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सीए अजय चौरसिया ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै अहिलेसम्म वीरगञ्जको अपेक्षित विकास हुन नसक्नुका कारणबारे जानकारी गराएका थिए। उनले अबको विकासका लागि युवा, सक्षम र योग्य नेतृत्व आवश्यक रहेको बताउँदै मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरे।

“विकासको अभाव नेतृत्वको कमजोरीका कारण हो,” चौरसियाले भने, “अब वीरगञ्जलाई समृद्धिको बाटोमा अघि बढाउन योग्य र प्रतिबद्ध प्रतिनिधि आवश्यक छ।”

घरदैलो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरू बालगोपाल थापा, शेष चाँदतारा, बाबुराम कौशिक लगायतको सहभागिता रहेको थियो।

यसैगरी पार्टीका नेताहरू रामदरश कुश्वाहा, सुरेन्द्र गुप्ता, पूर्वप्राध्यापक हरि वैद्य, रूपा थापा, हिरा भट्टराईलगायतको उपस्थितिले घरदैलो कार्यक्रमलाई थप सशक्त बनाएको थियो।
स्थानीय मतदाताहरूले पनि वीरगञ्जको विकासका लागि नयाँ सोच र क्षमतावान नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद