Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इनरुवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो, युवाको रोजगारी र सामाजिक समस्यामा केन्द्रित अभियान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा जिल्लामा निर्वाचन गतिविधि तीव्र बन्दै जाँदा उज्यालो नेपाल पार्टी ले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएको छ। उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ अन्तर्गत इनरुवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दा, युवाहरू तथा सामाजिक अभियन्तासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासा, समस्या र सुझावहरू सुन्नुभएको थियो। स्थानीयसँगको संवादमा उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

रोजगारी अभाव र लागुऔषध समस्या गम्भीर चिन्ताको विषय
उम्मेदवार सिंहले रोजगारीको अभावका कारण केही युवाहरू लागुऔषधको चपेटामा परेको विषयलाई गम्भीर रूपमा लिएको बताउनुभयो। “युवालाई काम नदिएसम्म समाज सुरक्षित हुँदैन,” भन्दै उहाँले निर्वाचित भए लगत्तै स्थानीय कलकारखाना, उद्योग तथा सेवा क्षेत्रमा स्थानीय र सक्षम युवालाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उनले रोजगारी सिर्जना केवल आर्थिक विषय मात्र नभई सामाजिक स्थायित्व र भविष्य सुरक्षित गर्ने आधार भएको उल्लेख गर्दै राज्यको नीति निर्माणमा आफूले यो विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो।

वडास्तरको अनुभव संघीय संसदसम्म पुर्‍याउने प्रतिबद्धता
घरदैलोका क्रममा उम्मेदवार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर जनप्रतिनिधिका रूपमा काम गर्दा प्राप्त गरेको अनुभवलाई संघीय संसदसम्म पुर्‍याउने स्पष्ट धारणा राख्नुभयो। स्थानीय तहमा देखिएका समस्या, विकासका अवरोध र जनताका आवश्यकता संसदमा सशक्त रूपमा उठाएर क्षेत्रको समग्र विकासका लागि पहल गर्ने उहाँको भनाइ थियो।

“स्थानीय सरकारमा बसेर देखेका समस्या र समाधानका उपायलाई संघीय तहमा नपुर्‍याएसम्म विकास अधुरो रहन्छ,” उनले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद