Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सागढीमा कांग्रेसको शक्ति विस्तार, सुरज मानन्धर र वडाध्यक्ष शेख खुर्शेदलाई खादा ओढाएर भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस को संगठन थप सुदृढ बन्दै गएको छ। यसैक्रममा नेपाली कांग्रेसमा हालै प्रवेश गरेका पर्सागढी नगरपालिकाको मेयर पदका यसअघिका उम्मेदवार सुरज मानन्धर र वडा नम्बर ४ का वडाध्यक्ष शेख खुर्शेदलाई कांग्रेसका स्थानीय नेताकार्यकर्ताले खादा ओढाएर औपचारिक रूपमा स्वागत गरेका छन्।

पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित नेपाली कांग्रेसको वडा कार्यालयमा आयोजित स्वागत कार्यक्रममा नेविसंघ पर्साका सभापति रमेश यादवलगायत कांग्रेसका नेताहरूले मानन्धर र खुर्शेदलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा पार्टी संगठन बलियो बनाउन संयुक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

मानन्धर र खुर्शेद बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा कांग्रेस सभापति गगन थापा को उपस्थितिमा औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

मानन्धर २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट पर्सागढी नगरपालिकाको मेयर पदका उम्मेदवार रहेका थिए। उनी स्थानीय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन्।

यसैबीच, बिहीबार पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित कांग्रेस वडा कार्यालयमै आयोजित अर्को कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य राजकुमार गुरुङ र रुस्तम हवारी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। विभिन्न राजनीतिक दलमा लामो समय सक्रिय रहेकाहरू कांग्रेसमा प्रवेश गरेपछि पर्सागढी क्षेत्रमा कांग्रेसको जनाधार थप विस्तार भएको कांग्रेस नेताहरूले बताएका छन्।

कार्यक्रममा कांग्रेसका बुथ सभापति जंगबहादुर दास थारु, वडाध्यक्ष शंकर रायभर, युवा नेताहरू बाल्मिकी यादव, अगन्ध चौरसिया, शेख समसाद, इन्ताज अन्सारी, अमरेन्द्रकुमार यादव, रामपृत पटेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागी नेताहरूले पर्सागढीमा विकास, सुशासन र संगठन सुदृढीकरणका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद