Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कुम्हालटोल टोल सुधार समाजद्वारा १७औँ मासिक निःशुल्क भोजन कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। कुम्हालटोल टोल सुधार समाज, वीरगञ्ज–७ द्वारा सञ्चालित १७औँ मासिक निःशुल्क भोजन कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। वीरगञ्जको रेल्वे रोडमा अवस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि आयोजना गरिएको उक्त कार्यक्रममा समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गरिएको थियो।
कार्यक्रमअन्तर्गत समाजका सेवकहरूले बाटोमा हिँड्ने बटुवा, पर्यटक, रिक्सा, ठेला तथा इ–रिक्सा चालक, विपन्न तथा असहाय व्यक्तिहरूलाई दाल–भात, आलु–भन्टाको तरकारी, भुटेको हरियो खुर्सानी र मुलाको अचारसहित पोषणयुक्त निःशुल्क भोजन गराएका थिए। सफा, स्वच्छ र घरजस्तै वातावरणमा बसालेर सोधी–सोधी थपेर भोजन गराइएको दृश्यले सहभागीहरूको मन छोएको थियो।

कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि सेवकका रूपमा वीरगञ्ज कपडा बैंक का अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, अमरटोल टोल सुधार समिति वीरगञ्जका सचिव तथा युवा समाजसेवी नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो। साथै समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सल्लाहकार समाजसेवी गौरी गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवणबहादुर रायमाझी, समाजसेवी गोविन्द ताम्राकार, सुरज श्रीवास्तव लगायत स्थानीय अग्रज तथा युवाहरूको बाक्लो सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज कपडा बैंकका अध्यक्ष सिंहले दिनदुःखी र असहायको सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म भएको उल्लेख गरे। उनले कुम्हालटोल टोल सुधार समाजले विगत १७ महिनादेखि निरन्तर रूपमा गुणस्तरीय, पोषणयुक्त र मर्यादित ढंगले भोजन गराउँदै आएको कार्य अत्यन्तै सराहनीय रहेको बताए। “भोज खुवाएजस्तै बसालेर, सोधी–सोधी थपेर सेवा गरेको देख्दा अत्यन्तै खुशी लाग्यो,” उनले भने, “यस्ता मानवीय कार्य हरेक टोल र सहरमा निरन्तर हुनुपर्छ।”

समाजका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिँदै निःशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार नियमित रूपमा आयोजना हुँदै आएको बताए। उनले यो कार्यक्रम समाजका पदाधिकारी, सदस्य तथा दाताहरूको सहयोगबाट सञ्चालन भइरहेको उल्लेख गर्दै आगामी दिनमा महिनामा एक पटक मात्र नभई प्रत्येक १५ दिनमा र भविष्यमा सम्भव भएसम्म प्रत्येक शनिबार आयोजना गर्ने लक्ष्य रहेको बताए। “दिनदुःखी र असहायको सेवा गर्न हामी सधैँ तयार छौँ, त्यसका लागि मानवताप्रेमी सहयोगी हातहरूको साथ आवश्यक छ,” उनले आग्रह गरे।

निःशुल्क भोजन ग्रहण गरेका सेवाग्राहीहरूले सेवकहरूको आत्मीय व्यवहार र समाजको निरन्तर सेवाप्रति खुलेर प्रशंसा गरेका थिए। उनीहरूले यस्तो मानवीय अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने र आपसी सहकार्य तथा सहानुभूति बढाउने विश्वास व्यक्त गरेका छन्।

कुम्हालटोल टोल सुधार समाजद्वारा सञ्चालन हुँदै आएको निःशुल्क भोजन कार्यक्रमले वीरगञ्जमा सामाजिक उत्तरदायित्व, मानवता र सहकार्यको उदाहरण स्थापित गर्दै आएको स्थानीयवासीहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद