Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा चुनावी बहस तीव्र, आरोप–प्रत्यारोपबीच मुद्दा र जनविश्वासको परीक्षा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला प्रतिनिधिसभा निर्वाचनको केन्द्रविन्दु बनेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा यहाँ मुद्दा, नेतृत्व र जनविश्वासलाई लिएर राजनीतिक बहसले नयाँ रूप लिँदै गएको छ।

यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनमुखी एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। तर चुनावी प्रतिस्पर्धासँगै उनीविरुद्ध विभिन्न आरोप–प्रत्यारोपहरू पनि सतहमा आउन थालेका छन्। विशेषगरी सामाजिक सञ्जाल र केही अनलाइन माध्यममार्फत “ग्रिन कार्ड” र “बैंक कालोसूची” सम्बन्धी विषयलाई लिएर बहस चर्किएको छ।

यस सन्दर्भमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार पाण्डेले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे। उनले व्यक्तिगत तथा आर्थिक विषयलाई चुनावी हतियार बनाइएको आरोप लगाउँदै मतदातालाई तथ्य र कार्यक्रमको आधारमा निर्णय गर्न आग्रह गरे।

“राजनीति आरोप–प्रत्यारोपको होइन, दृष्टिकोण, नीति र कार्यक्रमको प्रतिस्पर्धा हुनुपर्छ,” पाण्डेले भने।
पाण्डेका समर्थकहरूका अनुसार पर्सा–३ मा देखिएको युवा लहर र परिवर्तनको चाहनाले परम्परागत शक्ति संरचनामाथि दबाब सिर्जना गरेको छ। उनीहरू २०४७ सालदेखि प्रभावमा रहेका पुराना राजनीतिक अभ्यासलाई चुनौती दिने प्रयासका रूपमा पाण्डेको उम्मेदवारीलाई हेर्ने गर्छन्।

उता, स्थानीय मतदाताहरू भने चुनावी बहस व्यक्तिगत आरोपभन्दा पनि विकासका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राख्छन्। उनीहरू पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधारजस्ता विषयलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरूले स्पष्ट र व्यवहारिक कार्ययोजना सार्वजनिक गर्नुपर्ने बताउँछन्

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद