Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा बालेनको शक्ति प्रदर्शन, जेनजीले लगाए ‘अबकी बार, बालेन सरकार’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २८,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले बुधबार वीरगन्जमा ‘रोड शो’ गरेका छन् ।फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा मंगलबारबाट सप्तरीदेखि चुनावी प्रचार अभियान सुरु गरेका बालेन बुधबार दिउँसो वीरगन्ज आएर रोड शो गरेका हुन्।

वीरगन्ज–१५ प्रतिमा चोकबाट वीरगन्ज महानगर क्षेत्रका प्रवेश गरेका बालेन गाडीबाटै रोड शो गर्दै भानु चोक, नगवा, इन्र्वा ,इदगहा चोक पुगेर त्यहाँबाट छपकैया, वीर्ता, आदर्शनगर, माईस्थान हुदैं घण्टाघर चोकमा पुगेका थिए ।

घण्टाघर चोकमा बालेनलाई हेर्नका लागि हजारौंको संख्यामा जेनजी पुस्ताका युवायुवतीहरु उनि आउनुअघि नै भेला भइसकेका थिए ।रोड शो गर्दै घण्टाघर चोकमा बालेन पुग्दा उनका समर्थक जेनजी युवायुवतीहरुले ‘अबकी बार बालेन सरकार’ ‘जय घण्टी’ लगायतका नारा लगाउँदै स्वागत गरेका थिए ।त्यसक्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै आफ्ना समर्थकहरुलाई अभिभावदन फर्काएका थिए ।

उनको रोड शोमा रास्वपाबाट पर्साका चारै क्षेत्रका उम्मेदवारहरु हरि पन्त,सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्यपनि एउटै गाडीमा सवार भएर घण्टी बजाउँदै सहभागी भएका थिए ।

घण्टाघरबाट बालेनको रोड शो मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुदैं बाराको जीतपुर सिमराका लागि प्रस्थान गरेको रास्वपाबाट पर्सा–२ का उम्मेदवार सुशील साह कानुले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद