Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रसौनी गाउँपालिकामाथि निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

बारा ।
बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने प्रसौनी गाउँपालिकामाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ। स्थानीयवासीहरूले निर्वाचनको मुखमा गाउँपालिकाले मतदातालाई प्रभावित पार्ने उद्देश्यले विकास गतिविधि तीव्र रूपमा अघि बढाएको गुनासो गरेका छन्।

स्थानीयका अनुसार गाउँपालिकाले वडा नं. २, ५ र ६ अन्तर्गत पर्ने बेलहिया, प्रष्टोका र भलुही चौकका विभिन्न स्थानमा बोरिङ जडान गरी घर–घरमा खानेपानीको धारा जडान गर्ने कार्य धमाधम गरिरहेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस्ता गतिविधि सञ्चालन हुनु नियमविपरीत भएको उनीहरूको दाबी छ।
उक्त कार्यमा सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिधि तथा गाउँपालिकाका प्रमुख स्वयं सक्रिय रूपमा संलग्न रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्। “निर्वाचनको समयमा यसरी विकासका काम देखिने गरी अघि बढाइनु मतदातालाई प्रभावित पार्ने प्रयास हो,” एक स्थानीयले बताए।

यस विषयमा गाउँपालिका प्रमुख विनोद पटेलसँग प्रतिक्रिया लिँदा उनले आचारसंहिता उल्लंघन भएको आरोप अस्वीकार गरेका छन्। “यो कुनै नयाँ कार्यक्रम होइन, पहिलेदेखि सञ्चालनमा रहेको योजनालाई निरन्तरता दिइएको मात्र हो,” उनले भने, “पालिकाभित्र खानेपानीसम्बन्धी काम यसअघि नै सुरु भइसकेको थियो।”

यद्यपि निर्वाचन नजिकिँदै गर्दा विकासका कामहरू असामान्य रूपमा तीव्र गतिमा अघि बढाइनुले आचारसंहिता उल्लंघन भएको हो कि होइन भन्ने विषयमा स्थानीय तहमा बहस चर्किएको छ। स्थानीयवासीहरूले यसबारे सम्बन्धित निकायले स्पष्ट छानबिन गर्नुपर्ने माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ २६,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद