Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपाको शक्ति प्रदर्शन, बीरगंजको गोपलमण्डलीमा ठूलो संख्यामा पार्टी प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २४,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शनिबार बीरगंजस्थित गोपलमण्डलीमा हजारौंको संख्यामा पार्टी प्रवेश भएको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने बीरगंज महानगरपालिका–१० स्थित गोपलमण्डलीमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरू रास्वपामा प्रवेश गरेका हुन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका तथा बीरगंज महानगरपालिकाका विभिन्न वडाबाट नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी हजारौंको संख्यामा नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूलाई सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का उम्मेदवार अमरेश कुमार सिंहले खाँदा र अबिर लगाएर स्वागत गरेका थिए। सो अवसरमा नेताहरूले रास्वपा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै गएको र जनताको आशा तथा भरोसाको केन्द्र बन्दै गएको बताएका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले पर्सा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर तीव्र रूपमा बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा भारी मतका साथ रास्वपा उम्मेदवारको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका थिए ।

पार्टी प्रवेशसँगै घरदैलो अभियान, टोलस्तरीय भेला तथा जनसम्पर्क कार्यक्रमलाई अझ तीव्र बनाइने जनाइएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा नवप्रवेशीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २४,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद