Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगंज–२४ रामगढवा बहुवारीमा रास्वपाको घरदैलो : जेष्ठ नागरिकको आशिर्वाद, युवाको साथ—‘नयाँ नेतृत्वले विकासमा परिवर्तन ल्याउँछ’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २२,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. २४ को रामगढवा बहुवारी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा जेष्ठ नागरिकहरूले दोसल्ला, माला र टीका लगाइ विजयको अग्रिम शुभकामना व्यक्त गरेका थिए भने जेन्जी युवाको उल्लेख्य सहभागिता रहेको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले यस क्षेत्रको समग्र विकासका लागि युवा नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। युवाको नेतृत्वले रोजगारीका अवसर सिर्जना गर्ने र समाजलाई समृद्धिको बाटोमा अघि बढाउने आशा जागेको स्थानीयको भनाइ थियो। “पुरानै नारा, पुरानै बाचा र पुरानै पार्टीलाई अब अलविदा,” भन्ने सन्देशसहित नयाँ नेतृत्वमार्फत विकासमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा रास्वपाका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता र व्यवहारिक विकासलाई पार्टीको मुख्य एजेन्डा रहेको बताए। विकासको नाममा दोहोरिँदै आएका आश्वासनभन्दा परिणाम देखिने कामलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउँदै नागरिकको विश्वास पुनःस्थापनाका लागि काम गर्ने धारणा राखिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद