Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

डकैला बहुअरीमा रास्वपाको घरदैलो, किसान र युवाका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरामाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको घरदैलो कार्यक्रममा रास्वपाको चुनाव चिह्न घण्टीको आवाजसँगै परिवर्तन, सुशासन र व्यवहारिक विकासको सन्देश स्थानीय बस्तीमा प्रवाह गरिएको थियो।

घरदैलो कार्यक्रमका क्रममा रास्वपाका उम्मेदवार सुशील कुमार कानुले विगतका राजनीतिक नेतृत्वले अधुरै छाडेका स्थानीय कृषक र युवाका सपना अब व्यवहारमा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले वर्षौंसम्म आश्वासनमा मात्र सीमित विकास योजनाको अन्त्य गर्दै समस्या समाधानमुखी र परिणाम देखिने राजनीति अघि बढाइने बताए।

कानुले कृषकहरूका लागि समयमै मल उपलब्ध गराउने व्यवस्था, सिँचाइ सुविधाको विस्तार, तरकारी भण्डारण केन्द्र स्थापना तथा कृषि उत्पादनको उचित बजार सुनिश्चित गर्ने योजनालाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गरे। “कृषक आत्मनिर्भर भए मात्र देश आत्मनिर्भर हुन्छ,” भन्दै उनले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र लाभदायी बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरे।

त्यसैगरी युवाहरूका सवालमा उनले खेलकुद पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र स्थानीय तहमै रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सारे। युवालाई विदेश पलायन हुन बाध्य बनाउने पुरानो प्रवृत्तिको अन्त्य गर्दै आफ्नै ठाउँमा सम्भावना सिर्जना गर्नु रास्वपाको लक्ष्य रहेको उनले बताए।

“वर्षभरि खोक्रा आश्वासन बाँड्ने राजनीतिबाट जनतालाई मुक्त गरेर समाधानतर्फ लैजानु नै हाम्रो अभियान हो,” कानुले भने, “अब राजनीति भाषणमा होइन, काम र परिणाममा देखिनुपर्छ।”
घरदैलो कार्यक्रममा स्थानीय कृषक, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा, कृषि र युवामैत्री योजनालाई केन्द्रमा राखेर गरिएको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै यसपटक वास्तविक परिवर्तनको अनुभूति भएको प्रतिक्रिया दिएका थिए।

स्थानीयवासीका अनुसार रास्वपाको घरदैलो अभियानले बहुदरामाई क्षेत्रमा नयाँ आशा र भरोसा जगाएको छ। घण्टीको आवाजसँगै सुरु भएको यो अभियानले पुरानो राजनीतिक शैलीभन्दा फरक, जनताका दैनिक समस्या समाधान गर्ने राजनीति सम्भव हुने संकेत दिएको उनीहरूको भनाइ छ।

डकैला बहुवरीसहित पर्सा निर्वाचन क्षेत्र नं. २ का विभिन्न स्थानमा भइरहेको घरदैलो, जनसम्पर्क र अन्तरक्रियाले रास्वपाप्रति जनआकर्षण बढ्दै गएको देखिएको छ। स्थानीय तहमा आधारित योजना, स्पष्ट प्रतिबद्धता र परिवर्तनको एजेन्डाका कारण सुशील कुमार कानु यस क्षेत्रमा भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित हुँदै गएको स्थानीयहरूको प्रतिक्रिया दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पिपरामा रास्वपाको निर्वाचन परिचालन कमिटी गठन सबैठवामा सयौँ जेन्जी युवा रास्वपामा प्रवेश, पर्सामा जनआधार विस्तार
मुख्य समाचार

पिपरामा रास्वपाको निर्वाचन परिचालन कमिटी गठन सबैठवामा सयौँ जेन्जी युवा रास्वपामा प्रवेश, पर्सामा जनआधार विस्तार

प्रकाशित : २०८२ माघ २०,मंगलवार
अफवाह र प्रोपोगण्डाले कांग्रेसको विरासत मेटिँदैन : अजयकुमार चौरसिया
राजनिती

अफवाह र प्रोपोगण्डाले कांग्रेसको विरासत मेटिँदैन : अजयकुमार चौरसिया

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद