Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

जेनजीदेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्ण सहभागिता, घरदैलो कार्यक्रम जनलहरमा रूपान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १७,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज–१ अन्तर्गत छपकैयाँमा शुक्रबार पर्सा–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम उल्लेखनीय जनसहभागितासहित सम्पन्न भएको छ। कार्यक्रममा जेनजी, युवा, महिला तथा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागी हुँदै खुला रूपमा समर्थन जनाएका छन्।
घरदैलो अभियानका क्रममा छपकैयाँ–३ का गल्ली–गल्लीमा रास्वपाको चुनावी माहोल देखिएको थियो। विशेषगरी युवापुस्ताले
“घण्टी मुखमा होइन, भोटमा देखिन्छ”,
“पुरानाले गरेको वाचा जितेपछि बिर्सिए, यसपालि घण्टीमा पालि”
जस्ता नारासहित परिवर्तनको पक्षमा आवाज उठाएका थिए। नारासँगै देखिएको जनउत्साहले छपकैयाँमा नयाँ राजनीतिक विकल्पप्रतिको आकर्षण स्पष्ट देखिएको स्थानीयले बताएका छन्।

कार्यक्रमकै बीच स्थानीय अगुवाहरू र बासिन्दाले उम्मेदवार कानुलाई टिका, माला र खादा लगाएर स्वागत गर्दै सामूहिक एकबद्धता जनाएका थिए। उनीहरूले लामो समयदेखि उपेक्षित अवस्थामा रहेको गल्ली सडक, ढल व्यवस्थापन र खानेपानीको समस्या अब योजनाबद्ध ढंगले समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार विगतमा निर्वाचित प्रतिनिधिहरूले चुनावअघि आश्वासन दिए पनि जितपछि जनताका समस्या बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको थियो। त्यसै कारण यसपटक छपकैयाँका मतदाताले पुरानै राजनीतिक अभ्यासलाई तोड्दै नयाँ सोच र कार्यशैली बोकेको रास्वपातर्फ आकर्षण देखाएको बताएका छन्।

घरदैलोका क्रममा उम्मेदवार सुशील कुमार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले भने, “छपकैयाँका समस्या कागजमा होइन, काममा समाधान हुन्छन्। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो।”

कार्यक्रममा सहभागी जेनजी प्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिका लागि रास्वपा आवश्यक भएको धारणा राखे। उनीहरूले सामाजिक सञ्जाल र प्रत्यक्ष सहभागितामार्फत परिवर्तनको अभियानलाई अगाडि बढाउने बताएका छन्।

छपकैयाँ–१ मा देखिएको जनसमर्थन र उत्साहले पर्सा–२ मा रास्वपाको चुनावी अभियान थप बलियो बन्दै गएको संकेत गरेको छ। स्थानीयका अनुसार यसपटकको चुनाव केवल उम्मेदवार चयन मात्र नभई वर्षौंदेखिको निराशा विरुद्धको जनमत पनि हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०८२ माघ १७,शनिबार
नेपाली कांग्रेसलाई जिताउनुको विकल्प छैन : उम्मेदवार अजय चौरसिया
मुख्य समाचार

नेपाली कांग्रेसलाई जिताउनुको विकल्प छैन : उम्मेदवार अजय चौरसिया

प्रकाशित : २०८२ माघ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद