Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शहीदको संकल्पबाट चुनावी बिगुल – पर्सा– ३ मा रूपेश पाण्डेको निर्णायक उदय, पुरानो राजनीतिलाई खुला चुनौती

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १६,शुक्रबार
A A
5
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार युवा नेता रूपेश कुमार पाण्डे ले शहीदप्रति सम्मान प्रकट गर्दै आफ्नो चुनावी यात्राको औपचारिक सुरुवात गरेका छन्।

शहीद दिवसको अवसरमा शुक्रबार पाण्डेले पर्सामा ‘सेरे पर्सा’ भनेर चिनिने, पूर्वमन्त्रीसमेत रहेका स्वर्गीय चन्द्रदेव प्रसाद चौधरीको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको उद्घाटन गरेका हुन्। सो क्रममा उनले रंगपुर टाँडीस्थित स्व। चौधरीको सालिकमा समेत माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

त्यसैगरी शहीद दिवसकै अवसरमा पाण्डेले पोखरिया नगरपालिकामा अवस्थित मधेश आन्दोलनका वीर शहीद चन्दन पटेल तथा पकहाँमैनपुरस्थित अमर शहीद शत्रुधन पटेलको सालिकमा माल्यार्पण गरी शहीदहरूको बलिदानप्रति सम्मान व्यक्त गरे। उक्त कार्यक्रममा अमर शहीद शत्रुधन पटेलकी माता कुस्मी देवीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

शहीदहरूको स्मृतिबाट चुनावी यात्रा सुरु गर्नु पाण्डेको राजनीतिमा त्याग, संघर्ष र मूल्यप्रतिको प्रतिबद्धताको स्पष्ट संकेतका रूपमा हेरिएको छ। पर्सा–३ लाई नजिकबाट बुझेका, जनतामाझ निरन्तर सक्रिय र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने उम्मेदवारका रूपमा परिचित पाण्डेले क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समग्र आर्थिक विकासका लागि ठोस योजना अघि सार्दै आएका छन्।

शहीद दिवसको सन्देश दिँदै पाण्डेले भने,
“आज हामी जुन अवस्थामा छौँ, त्यो शहीदहरूको त्याग र बलिदानकै परिणाम हो। म शहीदको सपना बोकेर चुनावी मैदानमा उत्रिएको छु। पर्सा–३ को मुहार फेरेरै छाड्छु। अब राज्यले ढिलाइ नगरी शहीदहरूले देखेको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुपर्छ।”

उनको यो अभिव्यक्तिसँगै पर्सा–३ मा मूल्य, विचार र विकासलाई केन्द्रमा राख्ने नयाँ राजनीतिक धारको सुरुवात भएको विश्लेषण गरिएको छ। शहीदप्रतिको सम्मानबाट चुनावी यात्रा प्रारम्भ गरेका पाण्डेले पर्सा–३ मा परिवर्तनको भरोसा दिलाउँदै जनसमर्थन थप सुदृढ बनाउँदै लगेका छन्।

पर्सा–३ मा पाण्डेको स्पष्ट, निर्भीक र विकासमुखी अभिव्यक्तिले चुनावी माहोल थप तातेको छ। लामो समयदेखि दोहोरिँदै आएको नेतृत्व, खोक्रो भाषण र विगतका असफलताबाट आजित मतदाताको आशा अब रूपेश कुमार पाण्डेतर्फ केन्द्रित हुँदै गएको देखिन्छ।

शहीदको संकल्प, जनताको भरोसा र एमालेको संगठनात्मक शक्तिसँगै अघि बढिरहेका पाण्डे पर्सा–३ मा परिवर्तनको सबैभन्दा विश्वसनीय विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। अब पर्सा–३ मा हुने चुनाव केवल प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिमाथि निर्णायक प्रहार बन्ने संकेत स्पष्ट देखिएको छ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग ओबीसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, उपाध्यक्ष तथा पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साह, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमाले नेता प्रमोद जयसवाल, पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी, फर्मान मिया, सन्तोष महतो, कौशल साह, गम्भीर साह लगायत जिल्लाका चिरपरिचित नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद