Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

by प्रणय साह
प्रकाशित : २०८२ माघ १५,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ मा रहेको ज्ञान बटिका इन्स्टिच्युट अफ टेक्निकल एन्ड मेडिकल साइन्स प्रा.लि. ले नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम आयोजना गरेको छ।

शैक्षिक सत्र २०८२ को दोस्रो ब्याचमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी माघ १५ गते कलेज परिसरमै कार्यक्रम सम्पन्न गरिएको हो। सो अवसरमा ६४औँ राष्ट्रिय नर्स दिवस समेत मनाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि परवानीपुर गाउँपालिकाका अध्यक्ष राम छेत्री कुर्मी रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुर्मीले छोटो समयमा नै ज्ञान बटिका इन्स्टिच्युटले उल्लेखनीय प्रगति गरेको उल्लेख गरे। जीवन शिक्षासँगै स्वास्थ्य शिक्षा महत्वपूर्ण रहेको बताउँदै उहाँले गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा कलेजले पुर्‍याएको योगदान प्रशंसनीय रहेको धारणा राखे।

ज्ञान बटिका इन्स्टिच्युटकी उप–प्राचार्य प्रियंका रोयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एल.एस. न्युरो एण्ड जनरल हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक राम प्रवेश प्रसाद कुर्मी, अस्पताल सञ्चालक सबित्रा भण्डारी, निर्देशक डा. अर्जुन पटेल, एकेडेमिक निर्देशक इन्जिनियर अभय पटेल, वीरगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ प्रमुख डा. कल्पना पौडेल तथा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख टुपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा गाउँपालिकाकी उप–प्रमुख सुगन्धी देवी, वडा नम्बर ५ का अध्यक्ष रामेश्वर साह कलवार, मानव सेवा आश्रम वीरगञ्जका संस्थापक दिवेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्राविधिक तथा मेडिकल शिक्षाको आवश्यकता र महत्वबारे चर्चा गर्दै विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सेवाभावका साथ अध्ययनमा लाग्न आग्रह गरे। नवप्रवेशी विद्यार्थीहरूलाई संस्थाको शैक्षिक वातावरण, नीति–नियम तथा आगामी शैक्षिक योजनाबारे जानकारी गराइएको संस्थाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद