Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १५,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका–२, पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। रास्वपाका उम्मेदवार सुशील शाह कानुको घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले घण्टी बजाउँदै उत्साहका साथ समर्थन जनाएका छन्।

लामो समयदेखि उही अनुहार र उही प्रवृत्तिको राजनीतिले अपेक्षित विकास र सुशासन दिन नसकेको गुनासो गर्दै आएका स्थानीय नागरिकहरूले यस पटक परिवर्तनको विकल्प खोजेको स्पष्ट संकेत दिएका छन्। जनताले राजनीतिक नेतृत्वमा नयाँ सोच, इमानदारी र जवाफदेहिताको आवश्यकता रहेको बताउँदै रास्वपालाई वैकल्पिक शक्तिका रूपमा अघि सारेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जनताको आवाजलाई नीति निर्माणसम्म पुर्‍याउने र क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।

स्थानीयवासीहरूका अनुसार यस पटकको चुनाव केवल उम्मेदवार चयनको विषय नभई पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिने अवसर हो। घरदैलोमा देखिएको उत्साह र समर्थनले पर्सा–२ मा राजनीतिक परिवर्तनको लहर सुरु भएको संकेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न
मुख्य समाचार

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ माघ १५,बिहीबार
वीरगञ्जमा ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित : २०८२ माघ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद