Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल महिला संघ पर्साको बैठक सम्पन्न, कांग्रेस उम्मेदवार रुंगटालाई जिताउने विषयमा छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

प्रणय शाह
वीरगन्जमा बुधबार नेपाल महिला संघ पर्साको बैठक सम्पन्न भएको छ। पर्सा–२ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको चुनावी सम्पर्क कार्यालयमा बसेको बैठकले आगामी निर्वाचनमा पर्सा–१ मा कांग्रेस तथा कांग्रेसका उम्मेदवार रुंगटालाई विजयी गराउने विषयमा व्यापक छलफल गरेको हो।
नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षता तथा कांग्रेस उम्मेदवार अनिल रुंगटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गरे। उनले पार्टी निर्माणमा महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको संरक्षणका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। साथै, महिला संघलाई आगामी दिनमा अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए।
बैठकमा कांग्रेसका क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान उल्लेखनीय रहेको बताए। उनले आगामी निर्वाचनमा एकताबद्ध भएर कांग्रेसका उम्मेदवार रुंगटालाई विजयी बनाउन सबै कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा बोल्दै उम्मेदवार अनिल रुंगटाले महिला संघको सशक्त भूमिकाले मात्र पार्टीलाई निर्वाचनमा सफलता दिलाउन सक्ने धारणा व्यक्त गरे। उनले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए।
बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, पूर्व कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह, नेता प्रकाश उपाध्याय, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार लगायतको पनि सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद