Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज नाकामा एकीकृत सीमा सुरक्षा जाँच पोष्ट उद्घाटन, भारतीय पर्यटकलाई सहजता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाई थप व्यवस्थित बनाउने उद्देश्यले वीरगन्ज नाकाको मितेरी पुलमा नवनिर्मित एकीकृत सीमा सुरक्षा जाँच पोष्ट उद्घाटन गरिएको छ। उक्त पोष्टको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार गरेका हुन्।
वीरगन्ज महानगरपालिकाको सहयोग तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साको समन्वयमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले मितेरी पुलमा सीमा सुरक्षा जाँच पोष्ट निर्माण गरेको हो। यो पोष्ट वीरगन्ज नाकामा सञ्चालन भइरहेको “मितेरी पुल सीमा सौन्दर्यकरण अभियान” अन्तर्गत निर्माण गरिएको हो।

उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक सुदीप राज पाठकले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको सुरक्षा जाँचलाई प्रवेशद्वारमै व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा तैनाथ रहने एकीकृत सीमा सुरक्षा पोष्ट निर्माण गरिएको बताए।
यसअघि भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमाना गण्डकसम्म विभिन्न स्थानमा पटक–पटक सुरक्षा जाँच गर्दा पर्यटकले अनावश्यक हैरानी खेप्नुपरेको जनगुनासो आएको थियो। सोही समस्यालाई मध्यनजर गर्दै मितेरी पुल छेउमै एकीकृत सुरक्षा बीट स्थापना गरिएको उनले स्पष्ट पारे।
उनका अनुसार, सो पोष्टमा एकपटक सुरक्षा जाँच तथा भन्सार इन्ट्री भएका भारतीय सवारीसाधनलाई विशेष सूचनाबाहेक पर्सा जिल्लाभर अन्य स्थानमा पुनः जाँच नगर्ने व्यवस्था गरिएको छ। यसबाट भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकले सुरक्षा जाँचका कारण अनावश्यक दुःख नपाउने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८२ माघ १४,बुधबार
वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी
मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद