Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

by प्रणय साह
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि र बहस तीव्र बन्दै गएको छ। यही क्रममा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले नेपाली कांग्रेसका पूर्वमन्त्री तथा पर्सा–३ का उम्मेदवार सुरेन्द्र कुमार चौधरीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै पाण्डेले चौधरीको बोली र व्यवहार “झुट, दम्भ र नकारात्मक राजनीतिले भरिएको” रहेको टिप्पणी गरेका छन्। आफूलाई विद्वान र शिक्षित दाबी गर्ने नेताबाटै बारम्बार तथ्यविहीन आरोप र अशोभनीय भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
पाण्डेले केही समयअघि चौधरी स्वयं आफ्नो मानिकपुर–२ स्थित निवासमा आएर भेटघाट गरेको, चिया–नास्ता गरेको र प्रत्यक्ष संवाद भएको स्मरण गराउँदै त्यसपछि सार्वजनिक रूपमा “सुनेको भरमा बोलेँ” भन्ने अभिव्यक्ति दिनु दोहोरो चरित्रको उदाहरण भएको आरोप लगाए।
“आफैं आएर बसेको घरबारे ‘सुनेको छु’ भन्नु इमानदारीमाथिको प्रश्न हो,” पाण्डेले उल्लेख गरेका छन्।
उनले विगत पाँच वर्षमा चौधरीले अपनाएको राजनीतिक शैली धम्की, गालीगलौज र व्यक्तिगत आक्षेपमा केन्द्रित रहेको आरोप पनि लगाए। विभिन्न नेताहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति, निराधार आरोप तथा आन्तरिक राजनीतिक प्रक्रियामा हस्तक्षेपका घटनाले चौधरीको वास्तविक राजनीतिक चरित्र उजागर हुने पाण्डेको दाबी छ।
अजय चौरसिया मन्त्री बन्ने प्रसंग, केही शीर्ष नेताहरूसँग भएका फोन संवाद, दरबारमार्गमा भएको भनिएको भेटघाट र अस्पताल उद्घाटन रोक्न खोजिएको घटनासमेत उल्लेख गर्दै पाण्डेले यी विषयहरू प्रमाणसहित सुरक्षित रहेको दाबी गरेका छन्।
आफ्नो राजनीतिक चरित्र स्पष्ट पार्दै पाण्डेले इमानदारी, स्वावलम्बन र कर्ममा आधारित राजनीतिमा विश्वास गर्ने बताए।
“म आफ्नै कमाइको पैसाले राजनीति गर्छु, सार्वजनिक बजेट दुरुपयोग गरेर सत्ता टिकाउने संस्कार मेरो होइन,” उनले भने।
विद्वत्ताको विषयमा टिप्पणी गर्दै पाण्डेले पुस्तक पढ्नु मात्र विद्वान हुनु नभई ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए। साथै, धार्मिक आस्थाको सन्दर्भमा गहवामाई मन्दिरमा गएर सत्य–असत्यको कसम गर्न तयार रहेको चुनौतीसमेत दिए।
अन्त्यमा पाण्डेले भने, “अब झुट, धम्की र छलकपटको राजनीति बन्द हुनुपर्छ। पर्सा–३ परिवर्तन चाहन्छ, डर र दम्भ होइन।”
चुनाव नजिकिँदै जाँदा पाण्डेको यो कडा अभिव्यक्तिलाई स्थानीय मतदाताले स्पष्ट र साहसी राजनीतिक स्ट्यान्डको रूपमा लिएका छन्। पर्सा–३ मा बढ्दो जनसमर्थनका कारण राजनीतिक तापक्रम थप चर्किने संकेत देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद