Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बालेनमाथि अजय चौरसियाको टिप्पणीप्रति तेली समाजको कडा आपत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १२,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै दिएको टिप्पणीप्रति तेली समाजले आपत्ति जनाएको छ। चौरसियाको उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैरजिम्मेवार र सामाजिक सद्भाव बिगार्ने खालको भन्दै तेली समाजका अगुवाहरू तथा सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
तेली समाजका प्रतिनिधिहरूका अनुसार सार्वजनिक पदका उम्मेदवारले मर्यादित, जिम्मेवार र संयमित भाषा प्रयोग गर्नुपर्नेमा चौरसियाको टिप्पणीले सम्पूर्ण समुदायको भावना आहत भएको छ। “कुनै पनि व्यक्तिको आलोचना राजनीतिक विषयवस्तुमा सीमित हुनुपर्छ,” तेली समाजका एक अगुवाले भने, “व्यक्तिगत चरित्र वा समुदायलाई असर गर्ने किसिमका टिप्पणी स्वीकार्य हुँदैनन्।”
उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया देखिएको छ। विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा तेली समाजका युवाहरूले चौरसियाको अभिव्यक्तिको आलोचना गर्दै चुनावमा मतमार्फत जवाफ दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रदीप शाह नामक युवाले पर्सा क्षेत्र नम्बर २ का टेली समाज लगायत विभिन्न क्षेत्रमा रहेका तेली समाजका मतदाताहरूलाई यस्ता अभिव्यक्ति दिने नेताविरुद्ध मतदानमार्फत प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।
त्यस्तै अर्का तेली समाजका युवा मनोज शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने नेताहरूलाई बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सार्वजनिक पदमा जाने आकांक्षा राख्ने व्यक्तिले समाजमा विभाजन ल्याउने होइन, एकता र सम्मानको सन्देश दिनुपर्ने उल्लेख गरेका छन्।
तेली समाजले चौरसियाको अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेको छ। साथै, आगामी दिनमा यस्ता टिप्पणी नदोहोर्याउन र सार्वजनिक रूपमा स्पष्टिकरण तथा आत्मआलोचना गर्न पनि समाजले माग गरेको छ।
यस विषयमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको समयमा सार्वजनिक रूपमा दिइने अभिव्यक्तिले उम्मेदवारको व्यक्तिगत छवि मात्र होइन, पार्टीको समग्र धारणा र मतदाताको विश्वासमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै पक्ष सचेत र जिम्मेवार हुन आवश्यक देखिन्छ।

साभार यात्रा डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ १२,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद