Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस सरकार अस्थिर बनाउँदै संघीय संसदमा ठूलो भाग खोज्न आउने रहबर अंसारीलाई जनताले जवाफ दिने

by प्रणय साह
प्रकाशित : २०८२ माघ १०,शनिबार
A A
10
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेश सरकारलाई अस्थिरतामा धकेलेर फेरि संघीय संसदमा ठूलो भाग खोज्दै आउने नेताप्रति जनआक्रोश बढ्दै गएको छ। यही सन्दर्भमा बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका रहबर अंसारीप्रति स्थानीयस्तरमा गम्भीर प्रश्न उठ्न थालेका छन्।

२०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट पर्सा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रहबर अंसारीले हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य दुबै पद त्याग्दै रास्वपा प्रवेश गरेका हुन्। लगत्तै उनले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

तर बारा–४ का मतदाताहरूको मनमा एउटै प्रश्न छ— पर्साबाट निर्वाचित नेता किन बारा आएरु स्थानीयवासीहरूका अनुसार यदि अंसारी साँच्चै विकासप्रेमी नेता हुन् भने पर्सामा नै रहेर जनताको सेवा गर्नुपर्ने थियो। प्रदेशसभा सदस्य पद छाडेर संघीय संसदमा ठूलो भूमिका खोज्दै आउनु उनको राजनीतिक नियतमाथि प्रश्न उठाउने कारण बनेको छ।

युवामाझ चर्चामा रहेको ‘जेन्जी’ को नाममा भोट माग्दै मैदानमा उत्रिएका अंसारीको वास्तविक उद्देश्य के हो भन्ने विषयमा समेत चिया पसलदेखि चौतारासम्म बहस हुन थालेको छ। “मधेसको सरकार अस्थिर बनाउने अनि संघीय संसदमा अवसर खोज्ने प्रवृत्तिलाई यसपटक जनताले जवाफ दिनेछन्,” स्थानीय एक युवाले बताए।

स्थानीय स्तरमा बढ्दो प्रश्न र असन्तोषले बारा क्षेत्र नम्बर ४ को चुनावी माहोल थप तातिँदै गएको देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद