Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेको आक्रामक घरदैलो, युवा मतदातामाझ बढ्दो आकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ ९,शुक्रबार
A A
7
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवा नेता रूपेश पाण्डेले चुनावी भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

उम्मेदवारी दर्तापछि पाण्डे गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै सक्रिय रूपमा चुनावी प्रचारमा जुटिरहेका छन् । स्थानीय विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएर मैदानमा उत्रिएका पाण्डेले जनताको समस्या ध्यानपूर्वक सुन्ने र समाधानका ठोस योजना प्रस्तुत गर्ने रणनीति अपनाएका छन् ।

व्यवसायिक अनुभव र संगठनात्मक क्षमताका कारण पाण्डे व्यवहारिक, परिणाममुखी र भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । घरदैलो अभियानका क्रममा उनले एमालेको राष्ट्रिय नीति, सुशासन र समृद्धिको एजेन्डालाई स्थानीय आवश्यकता र सम्भावनासँग जोडेर प्रस्तुत गरिरहेका छन् ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, नेकपा ९माओवादी केन्द्र० बाट छोटेलाल यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया तथा राप्रपाबाट नवीनकुमार सिंह उम्मेदवार रहेका छन् । यद्यपि, एमाले उम्मेदवार पाण्डेप्रति युवापुस्तादेखि विभिन्न वर्ग र समुदायमा आकर्षण बढ्दै गएको देखिन्छ ।

स्थानीय मतदाताले विकासप्रतिको स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व र राजनीतिक स्थायित्वको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । बढ्दो जनसमर्थन र सक्रिय चुनावी उपस्थितिले नेकपा एमालेका नेता–कार्यकर्ता पर्सा–३ मा जितप्रति आशावादी देखिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ ९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद