Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा चुनावी समीकरण फेरियो, स्वतन्त्र उम्मेदवार साहले लिए उम्मेदवारी फिर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ ९,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीकरणमा महत्वपूर्ण फेरबदल आएको छ । प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका राजेश्वर साहले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालयका अनुसार साहले उम्मेदवारी फिर्ता लिने तोकिएको समयसीमाभित्र निवेदन दर्ता गराउँदै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यले कानुनी प्रक्रिया पूरा भइसकेको पुष्टि गरेका छन् ।

उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएसँगै निर्वाचन कार्यालयले सबै क्षेत्रका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । आजै सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता लिएपछि साहले आफू नेपाली कांग्रेस समर्थक भएको खुलासा गर्दै पार्टीभित्रको आन्तरिक समन्वय अभावका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।अब भने कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने उनले घोषणा गरेका छन् ।

राजेश्वर साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा नेपाली कांग्रेसको चुनावी रणनीतिलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ माघ ९,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ माघ ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद