पर्सा । तमलोपाका पूर्व पर्सा जिल्ला सभापति तथा तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई आज कन्ट्री इन होटलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले पार्टी प्रवेश गराएका हुन्।
कुर्मीसँगै वीरगञ्ज–१५ का जेञ्जी लिडर लाल बाबु कुमार यादव पनि रास्वपामा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गराउँदै सभापति हरी पन्तले पर्सा जिल्लामा रास्वपामा प्रवेश गर्नेहरूको लहर चलेको बताए। उनले यसपटक सम्पूर्ण पर्सावासी एकढिक्का भएर ‘बलेन सरकार’ बनाउन लागिपरेको उल्लेख गर्दै यो चुनावमा रक्सी, मासु र पैसाको जोर नचल्ने दाबी गरे।
कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी र जितेन्द्र मिश्र, पोखरियाका सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी तथा सोना लाल कुर्मी लगायतको सहभागिता रहेको थियो।
© 2024



