Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रास्वपा पर्साद्वारा प्रतिनिधि सभा उम्मेदवार चयनका लागि ९ बुँदे मापदण्ड सार्वजनिक

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न ९ बुँदे शर्त सार्वजनिक गरेको छ। शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति हरि पन्तले यी मापदण्डहरू सार्वजनिक गरेका हुन्।

शर्तअनुसार उम्मेदवार

नेपाली नागरिक हुनुपर्ने,

२१ वर्ष उमेर पुगेको हुनुपर्ने,

कुनै पनि दलमा सक्रिय रूपमा संलग्न नरहेको र राजनीतिक पदप्रति दाबी नराखेको हुनुपर्ने,

भ्रष्टाचारजन्य वा नैतिक पतन हुने अपराधमा सजाय नपाएको,

आय–स्रोत पारदर्शी भएको,

पार्टीको केन्द्रप्रति पूर्ण विश्वास र अनुशासन रहेको हुनुपर्छ।

पन्तका अनुसार उम्मेदवार छनोटमा जित्ने सम्भावना, राजनीतिक प्रतिबद्धता र सामाजिक योगदान प्रमुख आधार हुनेछन्। उनले रास्वपाको समानुपातिक छनोट प्रक्रिया पुराना दलभन्दा वैज्ञानिक, पारदर्शी र पूर्ण निष्पक्ष हुने दाबी गरे।

उनका अनुसार देशभर तथा मधेशमा फैलिएका योग्यता, क्षमता र विज्ञता भएका व्यक्तिलाई समानुपातिक कोटाबाट संसदमा पुर्‍याउने लक्ष्य रास्वपाको छ। अन्य दलले समानुपातिक प्रणालीलाई आफन्त र नजिकका कार्यकर्ताका लागि प्रयोग गर्ने गरेको भन्दै उनले रास्वपाले त्यो प्रवृत्तिलाई तोड्ने बताए।

रास्वपामा प्रवेश इच्छुक व्यक्तिले मंसिर २९ गतेभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको पनि सम्मेलनमा जानकारी दिइयो।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव सहित पार्टीका विविध तहका पदाधिकारी र नेता–कार्यकर्ताको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८२ मंसिर १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद