Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

फेटामा दर्जनौं नेता–कार्यकर्ताको लोसपा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

बारा, फेटा – जिल्लाको फेटा गाउँपालिका–२, बिनवलियामा आज आयोजित एक विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई लोसपा मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले टीका र माला लगाई पार्टीमा स्वागत गरे। प्रवेश गर्नेहरूमा जयकिशुन मुखियासहित स्थानीयस्तरका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष सोनलले लोसपामा प्रवेश गरेका सबैलाई उचित सम्मान र भूमिकाको ग्यारेन्टी दिने प्रतिबद्धता जनाउँदै मधेशी समुदायका हकहितका लागि लोसपाको भूमिका महत्वपूर्ण रहेको बताए।

नवप्रवेशीहरूले लोसपाको विचारधारा, सिद्धान्त र मधेशी जनताको हकहितका लागि पार्टीले गर्दै आएको संघर्षबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको जनाएका छन्।

यस प्रवेश कार्यक्रमले फेटा गाउँपालिकामा लोसपाको संगठनात्मक संरचना अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा फेटा गाउँपालिका प्रत्यासी मदन साह, वडा नं. १ का पूर्व अध्यक्ष जयप्रकाश दास, भुलन दास, बाबुलाल कुशवाहा, रामसुन्दर ठाकुरलगायत स्थानीय नेताहरूको सक्रिय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार २,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद