Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

हेडफोनमा गीत सुन्ने बानी छ ? सावधान हुनुहोस्

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जीवनशैली। के तपाईं हेडफोनमा गीत सुन्ने वा चर्को सांगितिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ ? विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनले तपाईलाई झस्काउन सक्छ । उक्त अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाईसुन्ने बानीमा होसियार हुन आह्वान गरेको छ ।

अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरुले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ ।

अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउने स्थलमाथि नियमन गर्न आग्रह गरेको छ । विगत दुई दशकमा अंग्रेजी, स्पेनिस, फ्रेन्च र रुसी भाषामा प्रकाशित ३३ अध्ययनको तथ्याकंको समीक्षाले १२ देखि ३४ वर्ष उमेर समूहका १९,००० भन्दा बढी सहभागीहरूलाई समेटेको छ ।

त्यसमा २४ प्रतिशत युवाहरुमा हेडफोन प्रयोग गर्दा सुन्दा असुरक्षित रुपमा सुन्ने आभास रहेको पाइएको थियो । त्यस्तै ४८ प्रतिशत युवाहरु कन्सर्ट वा नाइटक्लबजस्ता मनोरञ्जन स्थलहरूमा असुरक्षित स्तरको आवाजको झुम्ने गरेको पाएको थियो । यी अध्ययनको योगमा समिक्षाले भनेको छ– ६ लाख सत्तरी हजारदेखि १ अर्ब ३५ करोड युवाले सुन्ने क्षमता गुमाउने जोखिममा छ ।

अध्ययनकी एक लेखिका लरेल डिलार्डले श्रवण क्षमतामा असर कम गर्न हेडफोन प्रयोगकर्ताहरूले ध्वनिको स्तर निगरानी गर्ने एप अथवा सक्रिय बनाउन सुझाव दिइन् । कन्सर्ट वा नाइटक्लबजस्ता चर्को संगित चल्ने कार्यक्रमहरूमा इयरप्लग लगाउनु पर्ने पनि उनले बताइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

डिग्री गरेर बाख्रा चराउने!
बिचार ब्लग

डिग्री गरेर बाख्रा चराउने!

प्रकाशित : २०७९ फाल्गुन २४,बुधबार
शिर्षक: “अहंकारको छायाँमा चिसिएको मित्रता”
बिचार ब्लग

शिर्षक: “अहंकारको छायाँमा चिसिएको मित्रता”

प्रकाशित : २०७९ फाल्गुन २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद