Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

प्रथम वीरगञ्ज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २५,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २५ कार्तिक । त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगञ्ज गोल्डकपको उपाधी उचालेको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २-० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।

टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन ।

कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।

उपाधी विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । यो राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च हो ।

वीरगञ्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगन्जको आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८० कार्तिक २५,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८० कार्तिक २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद