Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

कुहिरोका कारण भारतमा बस दुर्घटना, तीन नेपाली यात्रुको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २५,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५ पुष । भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना नेपाली यात्रुको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको उन्नाउमा बस दुर्घटना हुँदा तीन जना नेपाली यात्रुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका–१, ज्योतिनगरका ४० वर्षीय ललित साउद तथा व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउदको सनाखत भएको छ भने एक महिलाको पहिचान खुलेको छैन ।

बस दुर्घटनामा एक जना भारतीय नागरिकको पनि निधन भएको छ । अन्य १७ जना घाइते यात्रुको भारतमा उपचार भइरहेको बताइन्छ ।

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस सोमबार बिहान करिव चार बजेको समयमा दुर्घटना परेको बताइएको छ ।

बाक्लो कुहिरोका कारण बसका चालकले अगाडिको अर्को सवारी साधनलाई ठक्कर दिएपछि यो दुर्घटना हुन पुगेको स्थानिय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०७९ पुष २५,सोमबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०७९ पुष २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद