Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २५,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रासस र सिन्ह्वा
टोकियो, असार । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँमाथि गोली प्रहार भएको थियो ।

जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् । भाषण गर्दागर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नुभएको थियो । उहाँको शरीरबाट रगत बगेको थियो उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उहाँ भाषण गरिरहनुभएको थियो ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ असार २५,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ असार २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद