Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

फ्रान्समा संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पेरिस, २७ जेठ (रासस÷सिन्ह्वा)–  फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ ।
नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो ।
आयोगले दुई चरणमा निर्वाचन गर्ने तय गरेको छ । आयोगका अनुसार जुन १२ तारिखमा पहिलो चरणको निर्वाचन र जुन १९ मा दोस्र्रो चरणको निर्वाचन हुनेभएको छ ।
निर्वाचनका लागि देशभरी छ हजार २९३ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि स्थानीय समयअनुसार जुन १२ को बिहान ८ बजे मतदान केन्द्रहरू खुल्ला हुनेछन् भने बेलुका ६ बजेसम्म मतदान गर्न पाइनेछ ।
निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो र कुनै उम्मेदवारले २५ प्रतिशतभन्दा बढी तर सबैभन्दा धेरै मत ल्यायो भने दोस्रो चरणको निर्वाचन गर्नु नपर्ने व्यवस्था छ । तर निर्वाचनमा ५० प्रतिशतभन्दा कम मत खस्यो वा कुनै पनि उम्मेदवारले २५ प्रतिशतभन्दा बढी मत ल्याएनन् भने दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संंवैधानिक बाध्यता रहेको छ ।
अहिलेको निर्वाचनका राष्ट्रपति एम्यानुयल माक्रोँको पार्टीसहितको गठबन्धन र जेन लुक मेलेन्चोन नेतृत्वको पार्टीसहितको गठबन्धनका बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचनमा २० पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । फ्रान्सको संसद्मा बहुमतका लागि २८९ सिट आवश्यक पर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद