Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख युक्रेनीको निवेदन ः राष्ट्रसङ्घ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा, २६ जेठ (रासस÷एएफपी) ः रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झन्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनएचसीआरले भनेको छ, “युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन सङ्कट निम्त्याएको छ ।”

युक्रेनी स्थितिको बारेमा एजेन्सीको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त युक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।

यूएनएचसीआरको तथ्याङ्कले युक्रेनबाट ७३ लाखभन्दा बढी व्यक्ति जुन ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्कले देखाएअनुसार अर्को २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन् ।

विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसङ्घले बताएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुष सैनिक सेवाका लागि योग्य छन् र त्यहाँबाट जान सक्दैनन् ।

युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय बसाइँ सराइ सङ्गठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै विस्थापित भएका छन् ।

युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्याण्डमा आएका छन् । पोल्याण्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झन्डै आधा व्यक्ति स्वदेश फर्किएका छन् ।

यूएनएचसीआरले पोल्याण्डमा ११ लाख ५० करोड युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको बतायो । पोल्याण्डबाहेक हङ्गेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि सयौँ हजार मानिसहरू प्रवेश गरेका छन् । ती प्रत्येक देशमा हजारौँ शरणार्थीले शरणार्थीका लागि आवेदन दिएका छन् ।

युरोपका अन्य देशहरू, जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौँ शरणार्थीले निवेदने दर्ता गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद