Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

बुचामा रुसी सेनाले गरेको नरसंहारको दर्दनाक कथा, शवको थुप्रोमा आफन्त खोज्दै युक्रेनी

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सीैं,२४ चैत । रुसले युक्रेनको बुचा शहरमा गरेको नरसंहारको तस्बीरले विश्वलाई नै स्तब्ध बनाएको छ ।रुस र युक्रेनबीच युद्ध शुरु भएको बिहिबार (आज) ४३ दिन पुगेको छ । गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि बिना कारण आक्रमण गरेको शुरु गरेको हो । रुसी सेनाले युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारिदिएको छ । युक्रेनका धेरैजसो शहरहरु रुसी सेनाको बम र मिसाइल प्रहारबाट खण्डहरु बनेका छन् । त्यसमा रुसी सेनाले बुचा शहरमा गरेको युक्रेनी नागरिकको हत्याको तस्बीरले भने विश्वलाई नै निकै पीडा दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युक्रेनलाई सहजै तरिकाले चाँडै आफ्नो नियन्त्रणमा ल्याउने विश्वास गरेको रुसले सोचे बिपरित युद्ध लम्बिएको छ । किनकि युक्रेनी सेनाले रुसी सेनाको डटेर प्रतिकार गरिरहेका छन् । युक्रेनलाई नियन्त्रणमा लिन नसकेपछि रुसी सेनाले सर्वसाधारण युक्रेनी नागरिकको जथाभावी हत्या गरेको छ । त्यसमा पनि बुचाको नरसंहार निकै कहाली लाग्दो रहेको छ ।बुचा शहरमा ४ सय भन्दा बढी युक्रेनी नागरिकको शबहरु भेटिएका छन् । बुचामा बिनाकारण रुसी सेनाले युक्रेनी नागरिकको चिहान बनाएको छ । युक्रेनी नागरिकहरु त्यहाँ हराइरहेका आफन्तहरु भेटिन्छन कि भनेर ती शवहरुमा खोजिरहेका छन् ।

बुचा शहरमा प्रियजन नगुमाएका युक्रेनीहरु कोही छैनन् । सबैले आफन्त गुमाएका छन् ।त्यतिमात्र होइन बाँचेकाहरुले आफ्नो भएभरको भौतिक सम्पत्ति पनि गुमाएका छन् ।वाँचेकाहरु आफ्ना मानिसहरुलाई भवनको भग्नावसेसमा, शवको थुप्रोमा र बारुदको खरानीमा खोजिरहेका छन् ।अन्तर्राष्ट्रिय संचार माध्ययका अनुसार रुसी आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिका छोरा र दुई साथीलाई उनले आफ्नो घरको बगैँचामा गाडेका छन् । रुसले युक्रेन आक्रमण गर्दा शुरुमा बुचालाई रुसी सेनाले कब्जा गरेको थियो । तर पछि युक्रेनी सेनाले आफ्नो कब्जामा ल्यायो ।

स्याटेरलाइट तस्वीरबाट बुचामा भएको रुसी सेनाले गरेको विनास स्पष्ट रुपमा देख्न सकिने पनि संचारमाध्यमहरुले जनाएका छन् । जहाँ स्कुल, अस्पताल र भवनहरू भग्नावशेषका रुपमा परिणत भएका छन् ।महिलामाथि बलात्कार युक्रेनले रुसी सेनाले युक्रेनी महिलाहरुलाई बलात्कार गरेर हत्या गरेको आरोप लगाएको छ । त्यहाँ यस्ता शवहरू भेटिएका छन् जसको हात बाँधिएको छ र्र टाउकोमा हात गोली प्रहार गरिएको छ । त्यस्तै रुसी सेनाले बालबालिकालाई पनि नछोडेको युक्रेनले जनाएको छ । निर्दोष बालबालिकाको रुसी सेनाले हत्या गरेको छ ।रुसी राष्ट्रपतिका छोरीलाई अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले युक्रेनको बुचामा युद्ध अपराध गरेको भन्दै रुसमाथि थप प्रतिबन्ध लगाएको छ । उसले पुटिनका दुइ छोरीहरु काटेरिना भ्लादिमिरोभना टिखोनोभा र मारिया भ्लादिमिरोभना भोरोन्टोभालाई प्रतिबन्ध लगाएको हो ।अमेरिकाले राष्ट्रपति पुटिनले परिवारका सदस्यको नाममा सम्पत्ति लुकाएको भन्दै उनका छोरीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद