Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

बेलायती बालबालिकाको प्रश्नः मैले कहिले स्मार्टफोन पाउँछु ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

लन्डन – मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ? बेलायतका अधिकांश बालबालिकाको प्रश्न हो। यो प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ। स्मार्टफोनले बालबालिकाको दिमागमा असर पर्ने विभिन्न अध्ययनले देखाएको छ। त्यसैकारण बेलायतका अधिकांश अभिभावक बालबालिकालाई स्मार्ट फोनबाट टाढा राख्न चाहन्छन्। तर, यसका लागि निकै संघर्ष गर्नु परिरहेको उनीहरूको भनाइ छ।

तीन बच्चाकी आमा डेजी ग्रीनवेल आफ्ना बालबच्चालाई विद्यालय पुर्‍याउन जान्छिन्। जहाँ अधिकांश बालबालिकाले अभिभावकसँग ‘स्मार्ट फोन’ बारे प्रश्न गरिरहेका हुन्छन्। ग्रीनवेलकी साथीका ११ वर्षीय छोराले पनि स्मार्टफोन माग्ने गरेका छन्। ग्रीनवेलको साथीको बच्चाको कक्षाका तीन बालबालिकाले स्मार्टफोन प्रयोग गरेको पाइएको थियो। ग्रीनवेलले इन्स्टाग्राममा लेखेकी छिन्, ‘अरू अभिभावकसँगको कुराकानीले मलाई आतंकित तुल्याएको छ। म मेरो बच्चालाई त्यस्तो सामान दिन चाहन्न, जसले उनको मानसिक स्वास्थ्य बिगार्नुका साथै उनलाई कुलतमा फसाउँछ।’

स्मार्ट फोनबारे पूर्वी इंग्ल्यान्डको उडब्रिजका एक पत्रकारले टिप्पणी लेखेका छन्, ‘तर मलाई के पनि थाहा छ भने बालबालिकालाई स्मार्ट फोन नदिए त्यसको दबाब व्यापक हुन्छ।’ उडब्रिजको टिप्पणी लगत्तै धेरै अभिभावकले स्मार्टफोनको प्रयोगबाट हुनसक्ने असरका बारेमा एकपछि अर्को धारणा सार्वजनिक गरेका छन्। खासगरी बालबच्चाहरूले स्वतन्त्र रूपमा यस्ता डिभाइस चलाउन पाए उनीहरू अनलाइन बुलिङ, तनाब र हानिकारक सामग्रीबाट प्रताडित हुने अभिभावकहरूको टिप्पणी छ। बढ्दो साइबर अपराध वृद्घिले बालबालिकामा मानसिक तनाव उत्पन्न हुने देखेर ग्रीनवेल र उनका साथी क्लेयर रेनोल्ड्सले ‘स्मार्टफोन फ्री चाइल्डहुड’ नामको सचेतना अभियान सञ्चालन गरे।

अभिभावकको अनुभव समेतलाई आधार मानेर गरिएको विज्ञहरूको एक अनुसन्धानले बालबच्चाले स्मार्टफोन माग्दा अभिभावक चिन्तित हुने गरेको देखाएको छ। कतिपय अभिभावकले भने आफूहरू बालबच्चाका अघिल्तिर निरीह हुने गरेको गुनासो गरेका थिए। फोन दिँदा पनि सुरक्षामा ध्यान दिनुपर्ने उनीहरूको तर्क छ।

बेलायतका शिक्षामन्त्री डेमियन हिन्ड्सले संसदीय समितिमा बोल्दै ११ वा १२ वर्ष उमेरका सबैजसो बालबालिकाले मोबाइल फोन राख्ने गरेको बताएका थिए। वास्तवमै स्मार्टफोनले बालबालिकाको मनमा ठूलो असर गर्ने अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेड्टद्वारा भर्खरै प्रकाशित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा उल्लेख छ।

बालबालिकामा फोनको प्रयोगले भविष्यमा मानसिक रोगको समस्या बढ्ने र यसलाई कम गर्नका लागि बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुपर्ने उनको भनाइ छ। स्मार्टफोनको पूर्ण रूपान्तरण सन् २०१० र सन् २०१५ को बीचमा भएको थियोे र जसले गर्दा बालबालिकाको मनमा ठूलो परिवर्तन आएको पुस्तकमा उल्लेख छ। ‘स्नातक अध्ययनरत विद्यार्थी डिप्रेसनमा जानुको मुख्य कारण स्मार्टफोन नै हो, अमेरिकी कलेज हेल्थ एसोसिएसनले भनेको छ।

१४ वर्षभन्दा कम उमेरका बालबालिकालाई स्मार्टफोन र १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने जोनाथन हेड्टले बताए। यसका लागि अभिभावकले मिलेर काम गर्नुपर्ने उनको धारणा छ।सभार अन्नपूर्ण पोष्टबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० चैत्र १९,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद