वीरगञ्ज, १२ फाल्गुन । अश्लील गितहरुले समाजमा बिकृति फैलाई रहेको त्रिजुद्ध मा बिका प्र.अ हरेन्द्र कुर्मीले बताएका छन् । भोजपुरी मौलिक गितहरु लोप भईरहेकोले अब सबै मिलेर संरक्षण गर्नु पर्नेमा वहाँको जोड रहेको छ । नेपाल भोजपुरी समाजको आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गदैै प्र.अ कुर्मीले प्रा.बि तहमा भोजपुरी पाठ्यक्रम लागु गर्नु पर्नेमा जोड पनि दिनु भयो ।
समाजका अध्यक्ष ध्रुव सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी कला संस्कृतिको बारेमा सचिब राजेन्द्र सिंह राजपुतले बिध्यार्थाीहरुलाई प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा बिध्यालयमा शिक्षक सरोज पटेल, रबि चौरसिया, नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल,संचारकर्मी राजकुमार सर्राफ लगायतको सहभागीता रहेको थियो ।
नेपाल भोजपुरी समाजले हरेक शुक्रबार सामुदायिक बिध्यालयहरुमा प्रशिक्षण अभियान संचालन गरिरहेको छ ।