Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इन्टेग्रीटी आइकन ः नारायणी अस्पताल नर्सिङ निरिक्षक थापा सहित उत्कृष्ट पाँचको नाम सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १६,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – सार्वजनिक सेवालाई सुशासन युक्त र जवाफदेही बनाउने उद्धेश्य सहित शुरु भएको इन्टेग्रीटी आइकनका लागि यो बर्ष अस्पताल नर्सिङ निरिक्षक सहित पाँच जना उत्कृष्टको नाम सार्वजनिक गरिएको छ । विगत २८ वर्ष देखि नारायणी अस्पताल, वीरगञ्जमा अस्पताल नर्सिङ निरिक्षकको रुपमा काम गरिरहेकी हेमा थापा पर्न सफल भएकी छिन् ।

एकाउन्टबिलिटी ल्याब नामक संस्थाले आयोजना गरेको आईकन छनौटका विभिन्न चरण पार भएर थापा पाँचमा पर्न सफल भएकी हुन् ।
थापालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा । उनको कामको मुल्यांकन गर्दै उनलाई Nicu को जिम्मेवारी दिईयो । उनले सरकारी मापदण्द पूरा हुने गरि २ वर्षमा अक्सिजन पाइपलाइन देखि कंगारु आमा हेरचाह इकाई सम्म स्थापना गरेर Nicu मा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् । Nicu ग्बिभाग पाँच बेडबाट स्तारोनत्ति भएर दस बेडको भयो । २०७८ साल देखि उनिएक द्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहेकी छिन् । एउटा साँघुरो कोठामा सिमित, नाममात्रको केन्द्रलाई चलायमान बनाईन ।उनले नेतृत्वलिएको ७ महिनामा नारायणी अस्पताल वीरगञ्ज स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले सरकारले तोकेको मापदण्ड पुरा ग¥यो । कोभिडको बेला त हरेक चुनौतीपूर्ण काममा उनिनै अगाडी सरिन् । यति सम्मकी कोभिड विरुद्धको पहिलो खोप कसैले लिन मानेका थिएनन् । यसमा पनि थापा नै अगाडी सरिन्जसले गर्दा अन्य कर्मचारी तथा सर्वसाधारणमा खोप लगाउने हौसला मिलेको थियो ।
उनी सहित यस वर्षको उत्कृष्ट पाँचमा महिला तथा बालबालिका विभागकी निर्देशक नीरा अधिकारी, शितोष्ण बागवानीविकास केन्द्र मुस्ताङ मार्फाका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत प्रतिक राई, र मनमैजु माध्यमिकविद्यालय काठमाण्डौं तारकेश्वरका प्रधानाध्यापक रबिना महर्जन रहेकी छिन् ।
यि आईकन र उनिहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट पनि हेर्न सक्नुहुनेछ । उहाँहरूलाई प्रोत्साहितगर्न यहाँहरूले वेबसाईट मार्फत सन्देश पनि पठाउन सक्नुहुनेछ ।आगामीपौष २७ गतेसम्मान समारोह आयोजना हुने आयोजक संस्था एकाउन्टबिलिटी ल्याबले प्रेस विज्ञपती मार्फत जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० पुष १६,सोमबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० पुष १६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद