वीरगञ्ज ,२६ वैशाख । समाजिक अभियन्ता प्रकाश थारुको अथक प्रयास र पहलमा पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर एकको श्री बालमन्दिर प्राबि बिनटोलीमा पुस्तकालय भवनको हस्तान्तरण तथा उद्घाटन आज गरिएको छ।
( We Nepal) हामी नेपाली काठमाडौका का दातृ सस्थाको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो गरिब दलितहरुको बालबालिका शिक्षा बाट बन्चित न होस भन्ने उदेश्यले सो लाईब्रेरी भवन निर्माण गरेको हामी नेपाली संस्था का संस्थापक अध्यक्ष सबु पौडेलले बताईन प्रभावकारी सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सदैव अग्रसर रहेको बताएका छिन ।
आज जीराभवानी गाउँपालिका–१को श्री बालमन्दिर प्राबी बिनटोली बिधालय स्थित पुस्तकालय भवनको उद्घाटन गर्दै उनले सर्वसाधारणको आधारभूत आवश्यकता अन्तर्गत स्वास्थ्य र गुणस्तरीय शिक्षाका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
सोही संस्थाले बालमन्दिर प्राबिका बालबालिका हरुलाई ब्याग र पाठ्य क्रमसामग्री वितरण समेत गरेको थिए सो कार्यक्रम बालमन्दिरका प्रअ मोनिता देबि थारुको अध्यक्ष्ातामा भएको थियोे भने हामी नेपाली संस्थाका सस्थापक सबु पौडेल र सरद पौडेलको प्रमुख आथित्व रहेको थियो कार्यक्रममा बिशिस्ट अतिथिहरुमा पर्साका जल्दोबल्दो समाजिक अभियन्ता प्रकाश थारु वार्ड नम्बर १ वडाध्यक्ष रामशरण खवास, वार्ड सदस्य शुभनारायण पटेल नर्सिङग दिस्वा पतली देबी गिता देबी समाजसेवी अजैबीनाथ गौरो बिओपी महादेवपट्टीका सस्त्र प्रहरी निरीक्षक प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक नन्दलाल साह स्थानीय भद्रभलादमी अभिभावक लगायतको सहभागिता थियो ।हामी नेपाली संस्थाका अध्यक्ष र कोषाध्यक्ष लाई बिधालयको तर्फबाट ससमान सहित धन्यवाद र प्रसंशा पत्र प्रदान गरेको थियो ।