वीरगंज १७ चैत ।
काठमाडौं वल्ड स्कुलले शुक्रवार वीरगंजमा शैक्षिक कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको होटल लड्स दियालोमा आयोजित सो कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा। मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गरेको बताएका थिए ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विसयमा खुल्ला संवाद सँगै किन काठमाडौ वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे आफनो तर्क दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति एवंं वीरगंज पब्लिक कलेजका निर्देशक डा। दिपक शाक्यले पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने जोड दिएका थिए ।
सो कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ रम्भा मिश्रा, युवा नेता ओमप्रकाश सर्राफ लगायत स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियोे ।
© 2024