पर्सामा मृगौला एवम मुत्ररोग बारे गोष्ठी सम्पन्न भएको छ ।
वीरगंज स्थित नारायणी अस्पतालको सभा हलमा मृगौला एवम मुत्ररोग बारे गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा मृगौला एवम मुत्ररोग बारे बुझनै पर्ने कुराहरु माथि छलफल भएको थियो । मृगौला एवम मुत्ररोग मा देखा पर्ने लक्ष्ण तथा के कर्या गर्छ बारे चार्चा गरीएको थियो ।
मृगौलाले रगतमा भएको फोहोर पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ । यसले रक्तचाप सन्तुलनका लागी पनि महत्वपूर्ण कार्य गर्दछ । हृदयघात, मुटुरोग, अत्याधिक मदिरा सेवन, उच्च रक्तचाप लगायत अन्य रोगका कारण मृगौलाले काम गर्न सक्दैन् भरे चार्चा गोष्ठीमा भएको थिायो ।
नेपालमा करिब ३० लाख मानिसलाई मृगौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको डा. पशुपति भटले जानकारी दिनु भयो । उनले भने बर्षेनी लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । मृगौला किन फेल हुन्छ त ? प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ । कार्यक्रममा नारायण्ी अस्पतालका मेशु डा. चीतरञ्जन साह ,डा.अनिल श्रेष्ठ तथा सर्जरी रेजीडेनट रहेका थिए ।
© 2024