नेसनल मेडिकल कजेलले बुधबार सांस्कृतिक कार्यक्रम तथा वार्षिक उत्सव मनाएको छ । कलेजले मनाएको सांस्कृतिक कार्यक्रम तथा वार्षिक उत्सवमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली को प्रमुख अतिथि रहेका थिए । बुधबार नेसनल मेडिकल कलेज, बिरगंजको सभाहलमा मनाइको सांस्कृतिक कार्यक्रम र वार्षिक उत्सव भव्यपूर्ण का समपन्न भएको थियो । कार्यक्रममा विभिन किसिमा संस्कृतिक, नृत्य, अतिथिलाइ सममान साथै टोकन अफ लव दिने कार्य भएको थियो ।
साथै नेसनल मेडिकल कजेल तथा शिक्षण अस्पताल अन्तर्गत सोहि दिन मधेश प्रदेश मै पहिलो पटक नया प्रविधिको एम र आई मेसिन संचालनमा ल्याएको छ । कार्यक्रमको प्रमुख अतिथिको हात बाट रिबन काटी उद्घघाटन गरेको थियो । नयाँ प्रविधिको मेसिन बाट न्युनतम शुल्कमा सहज तरिकाले एम आर आई गर्न सकिने नेसनल मेडिकल कलेजका अदयक्ष तथा निर्देशक डा. जैनुदीन अंसारीको भनाइ रहेको थियो ।
कार्यक्रममा पुर्व सांसद अजय द्विवेदी, प्रदेश सभासद रहबर अंसारी, प्रमुख जिल्ला अधिकृत पर्साका उमेश कुमार ढकाल, प्रमुख जिल्ला अधिकृत कृष्ण कटवाल, कलेज व्यवस्थापनबाट प्रबन्धक निर्देशक बसरुदीन अंसारी, एकेडेमी डायरेक्टर नुसरत जहान अंसारी, होस्पिटल डायरेक्टर इसरत जहान अंसारी, एकेडेमी डायरेक्टर आबिद हुसैन अंसारी,पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा पत्रकार महासंग, पर्साका अदयक्ष अनुप तिवारी, लगायत उपस्तिथी रहेको थियों
© 2024