पर्सामा अन्तराष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । सोमबार रेडक्रस सोसाइटी पर्सागढी (विरुवागुठी) उपशाखा‚ पर्साको आयोजनामा भएको रक्तदान कार्यक्रममा गोमा कुमारी उप्रेती, सरस्वती गुरुङ, संजय परियार‚ दिल बहादुर गुरुङ‚ रविन गुरुङ‚ शिव थापा‚ क्यामोदिन साह देवान‚ सौकत हवारी लगायत २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रम आयोजक संस्थाका सभापति महम्मद जिकुरुल्लाहको सभापतित्व, प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेल, पर्सागढी नगरपालिका वडा नं ४ का वडा सदस्य राज कुमार गुरुङ‚ आयोजक संस्थाका उपसभापति प्रतिमा मानन्धर‚ सचिव गोमा कुमारी उप्रेती लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम आयोजक उपशाखा स्थापनाकाल देखी नै निरन्तर रक्तदान कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिंदै यसलाई निरन्तरता दिन आग्रह गर्दै रक्तदानको महत्त्व बारे प्रमुख अतिथिले प्रष्ट पारेका थिए भने आयोजक संस्थाका सभापतिले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए साथै कोषाध्यक्ष संजय परियारले रक्तदान जस्तो पवित्र काम अरु कुनै नरहेकोले हरेक ३ महिनामा रक्तदान कार्यक्रम आयोजन गर्ने बताए । रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रका प्राविधिक धीरेन्द्र झाको नेतृत्वमा रहेको प्राविधिकहरुले गरेका थिए ।