पर्सामा बालबालिकालाई फाईजर खोप लगाईने भएको छ । असार ९ गते देखि जिल्लामा रहेका ५ देखि ११ बर्ष सम्मका बालबालिकालाई फाईजर खोप लगाउने तयारी भएको हो ।
स्वास्थ्य कार्यालय पर्साले वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जिल्ला भरिका बालबालिकालाई कोरोना विरुद्धको खोप ( फाइजर ) लगाउने तयारी गरेको जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार जिल्ला भरिका १४ वटा स्थानिय तहमा रहेको सामुदायिक विधालयमा खोप केन्द्र स्थापना गरि आसर ९ देखि १५ सम्म यो अभियान सञ्चालन गर्ने जानकारी गराएका छन् ।
बालबालिकाहरु पढने विधालय मै खोप केन्द्रको स्थापना गरि अभियान सञ्चालन गर्दा कोहि पनि नछुटने लक्ष्य लिएको उनले बताए । जिल्ला भरिका १ लाख १ हजार ७५ जना बालबालिका फाइजर खोपबाट लाभन्वित हुने ठाकुरले बताएका छन् ।
खोप लगाउनका लागि बालबालिकालाई खोप लगाउन जिल्ला भरिका चार सय २ जना स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम पनि सञ्चालन गरिसकेको ठाकुरले बताए ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोप ९१ प्रतिशत प्रभावरकारी रहेकोले कोरोनाको महामारीसँग लडन आफनो बालबालिकालाई लगाउन अभिभावकहरुसँग अनुरोध गरेका छन् ।
© 2024