Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महाशिवरात्रिमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अपेक्षा, सुरक्षा व्यवस्थापनका लागि सेना पनि परिचालित हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
A A
?????????????? ?????????? ???????? ???? ?????? ????????? ??????? ? ??????? ?????????? ????? / ????

?????????????? ?????????? ???????? ???? ?????? ????????? ??????? ? ??????? ?????????? ????? / ????

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  यस वर्ष महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ। महाशिवरात्रिका दिन काठमाडौंस्थित पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनले शिव आराधनासहित पूजा–अर्चना गर्नेछन्।

विश्वभरका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको पशुपतिनाथमा यस वर्षको शिवरात्रिमा २० लाख भक्तजन पुग्ने अनुमान गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि ८ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन।

भक्तजनका लागि ५ लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए।

यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत मिलाइएको छ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ। सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गरिने छ।

यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको शिवरात्रिमा शान्तिसुरक्षा व्यवस्थापनका लागि १ हजार ५०० को हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन्। मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउने छ।

महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ। पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ।

पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद