Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिम्रौनगढ नगरपालिकाको तालाबन्दी सिडिओको रोहवरमा खुल्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सिमराः सिम्रौनगढ नगरपालिकामा कर्मचारीको विषयलाई लिएर गरिएको तालाबन्दी चार दिन पछि खुलेको छ । विहीबार पाँच बुँदे सहमती भएपछि बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटाको रोहबरमा तालाबन्दी खुलेको हो ।

करार, अस्थायी तथा ज्यालादारीका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयको विवाद बढेपछि वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरपालिकामा चैत ५ गते आइतवार तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण कार्यालयबाट प्रवाह हुँदै आएको सेवा ठप्प भएको थियो ।

बुधवार नगर प्रमुख किशोरीप्रसाद कलवार र वडाध्यक्षबीच नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न प्रजिअ सापकोटाले छलफल गराएका थिए । नगरपालिकामा स्थायी कर्मचारी पदपूर्ति नहुँदासम्म हाल कार्यरत कर्मचारीलाई निरन्तरता दिने सहमती भएपछि तालाबन्दी खुलेको हो ।

यसैगरी नगरपालिकामा स्विकृत दरबन्दी अनुसारको स्थायी कर्मचारी पदपूर्ति गर्नका लागि कार्यपालिका बैठकले निर्णय गरी प्रदेश लोक सेवा आयोगमा पत्राचार गर्ने निर्णय समेत छलफल भएको छ ।
छलफलमा नगरपालिकाको योजना शाखामा कार्यरत जितेन्द्र यादवको स्थानमा नगर प्रमुखले कार्यालयमा कार्यरत इन्जिनियरमध्ये एकलाई उक्त जिम्मेवारी दिने निर्णय भएको छ ।

छलफलमा प्रजिअ सापकोटा, नगर प्रमुख कलवारसहित बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डांगी, उप अनुसन्धान निर्देशक अभिनयकुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार न्यौपाने, वडाध्यक्ष दिनदयाल मुखिया, अरविन्दकुमार, अजिउल्लाह अंसारी, अवधेशकुमार सहनी, राम एकवाल, राजकुमार यादव, करार कर्मचारी संघका अध्यक्ष नितेशप्रसाद यादवलगायत उपस्थित थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद