Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

सूचना एवं उजुरी निवेदनका आधारमा वडाध्यक्ष र सचिव घुससहित पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा, चैत ९ । जनकपुरधामबाट वडाध्यक्ष र सचिव घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकमसहित पक्राउ परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा दर्ता कायम गर्ने सरजमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद