Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा सोमबारबाट बालबालिकाका लागि कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१० माघ । स्वास्थ्य मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको निर्णय बमोजिम वीरगञ्जमा सोमबारबाट बालबालिकाका लागि कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।

५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकाका लागि हरेक वडामा खोप केन्द्रमार्फत कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले वीरगञ्जका लागि ८ हजार भाइल फाइजर खोप पठाएको छ । मन्त्रालयले पठाएको खोपको लेभलमा म्याद गुज्रेको उल्लेख हुँदा महानगरले खोप अभियान चलाउन रोकेको थियो ।

मन्त्रालयले पठाएको पत्रमा पनि लेभलमा म्याद गुज्रेको उल्लेख भए पनि खोपको सेल्फ लाईफ ३ महिना थप गरिएको भन्दै फेब्रुअरी २०२३ सम्म म्याद रहेकाले सबै बालबालिकालाई खोप लगाउन निर्देशन नै दिएको थियो ।

‘राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार हाल नेपालमा भएको कोभिड १९ विरुद्धको फाइजर खोपको पनि सेल्फ लाइफ ९ महिनाबाट १२ महिना (३ महिना थप) कायम भएको हुँदा लेबलमा भएको म्याद गुज्रने मितिमा पनि ३ महिना थप भइ नोभेम्बर २०२२ बाट फेब्रुअरी २०२३ कायम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’ भन्ने व्यहोरा मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको पटक पटकको ताकेतापछि महानगरको समन्वयमा बालबालिकालाई खोप लगाउन थालिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।

कोभिड संक्रमण नियन्त्रणका लागि बालबालिकालाई फाइजर खोप लगाउन पर्ने भएकाले खोप अभियान नरोक्न प्रमुख जिल्ला अधिकारीकारी नेतृत्वको जिल्ला खोप समन्वय समितिले निर्देशन दिएपछि महानगरले समन्वय गरेर खोप अभियान अघि बढाएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको खोप समन्वय समितिको निर्णय बमोजिम संचालन गरिदिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख जयसवालले प्रष्ट पारे । बाहिर आए जस्तो खोपको म्याद गुज्रेको भन्ने भ्रमबाट मुक्त हुन उनले सबैलाई आग्रह गरे । विश्व स्वास्थ्य संगठन तथा विशेषज्ञहरुको रायबाट यो अभियान चलेको भन्दै यसमा कोही पनि भ्रमित नहुन र खोप लगाउने कार्यमा बालबालिकालाई सहभागिता गराउन पनि उनले आग्रह गरे ।

अहिले जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्लाकोे वीरगञ्ज महानगरसहित १४ वटै स्थानीय तहमा अभियान संचालन गरिएको छ ।महानगरमा सोमबार मात्रै ४ हजार जनाले खोप लगाएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ माघ १०,मंगलवार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद